पाेखरामा मन्त्री विरुद्ध घन्कियो नारा: ‘सागर, कृष्णे, बसन्ते गण्डकी प्रदेश मगन्ते’ (फोटो फिचर )
कास्की | असार २८, २०७९
पोखरा: गण्डकी प्रदेश सभा भवन गेटमा नेकपा एमालेका भातृ विद्यार्थी संगठन अनेरास्ववियुु र राष्ट्रिय युवा संघले सँयुक्त रुपमा विरोध प्रर्दशन गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायत अन्य मन्त्रीहरुले पारिवारिक नाममा स्थापित कोषलाई बजेट विनियोजन गरेको विरोधमा विभिन्न नाराबाजी सहित प्रर्दशन गरेको हो ।
प्रर्दशनको क्रममा युवा तथा विद्यार्थीहरुले ‘सागर, कृष्णे, बसन्ते गण्डकी प्रदेश मगन्ते’ भन्दै नारा लगाए । त्यातिमात्रै होइन, उनीहरुले मुख्यमन्त्रीको राजिनामा समेत मागे । उनीहरुले राष्ट्रिय जनमोर्चाको संसदीय दलकी नेतृपियारी थापालाई समेत व्यङ्ग्य प्रहार गरे । ‘कता गयौं पियारी १ करोड सिंगारी’ भन्दै नाराबाजी गरे ।
यसैगरि ‘मुख्यमन्त्री राजीनमा दे, ‘देश लुट्न पाइँदैन’, ‘वडामन्त्री मुर्दावाद’ ‘सागर कृष्णे बसन्ते गण्डकी प्रदेश मगन्ते’ ‘पिएन क्याम्पसमा होस्टेल निर्माण गर’ लगायतका नारा घन्काएका थिए ।
हेरौं, सुनगाभाकर्मी बिबि रोकामगरको लेन्सबाट विरोध प्रर्दशन:-













गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत...
पोखरा: निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...
सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रत...

